बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भ्रमणका नाममा ६ महिनामै साढे ३ करोड खर्च, राष्ट्रपतिको आइसल्याण्ड भ्रमणमा खर्च भयो १ करोड ६२ लाख

images
मंगलबार, फागुन १६ २०७९
images
images
भ्रमणका नाममा ६ महिनामै साढे ३ करोड खर्च, राष्ट्रपतिको आइसल्याण्ड भ्रमणमा खर्च भयो १ करोड ६२ लाख

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भदौदेखि माघ मसान्तसम्ममा विभिन्न टोलीको भ्रमण खर्चका लागि ३ करोड ५२ लाख २७ हजार रुपैयाँ निकासा भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को भदौदेखि माघ मसान्तसम्ममा भ्रमण खर्चका नाममा सरकारले साढे ३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।

images
images
images

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भदौदेखि माघ मसान्तसम्ममा विभिन्न टोलीको भ्रमण खर्चका लागि ३ करोड ५२ लाख २७ हजार रुपैयाँ निकासा भएको छ।

जसमा सबैभन्दा बढी राष्ट्रपति विद्यादेवी भण्डारीको आइसल्याण्ड भ्रमणको खर्च रहेको छ। राष्ट्रपतिको आइसल्याण्ड भ्रमण खर्चमात्रै १ करोड ६२ लाख ५ हजार रुपैयाँ रहेको छ। 

images

कुन भ्रमण टोलीको खर्च कति?

images

- ईसीओएसओसी हाइ लेभल पोल्टिकल फोरममा  राष्ट्रिय योजना आयोगको भ्रमण टोलीको दैनिक भत्ता तथा भ्रमण खर्च वापत १९ लाख ८८ हजार रुपैयाँ।

- एसिया प्यासिफिक ग्रुप अन मन लाउन्ड्रिङ  मलेसियाको क्वालालम्पुरमा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भ्रमण टोलीको खर्च २६ लाख ६८ हजार रुपैयाँ।

- आन्तरिक राजस्व विभागको विदेशमा हुने तालिमको टिकटका लागि १५ लाख रुपैयाँ।

- राष्ट्रिय सभाका अध्यक्षको जापान भ्रमणमा  ७ लाख ४५ हजार रुपैयाँ।

- पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको  जनवादी चीनको भ्रमणमा १ लाख ३४ हजार रुपैयाँ।

 - सेप्टेम्बरमा  कानुन सचिव सहितको भ्रमण टोलोको भारत भ्रमणमा ३ लाख ८५ हजार यसैगरी अगष्टमा कानुन सचिवकै टोलीको अमेरिका भ्रमणमा १७ लाख ९९ हजार रुपैयाँ।

- यूएनसीएसी कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज ज्ञवालीको भ्रमणमा ७ लाख ७० हजार रुपैयाँ।

- संयुक्त राष्ट्र संघको ७७ औं सम्मेलनमा परराष्ट्रसचिव सहितको भ्रमण टोलीको खर्च २८ लाख ९८ हजार रुपैयाँ।

- चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्षको नेपाल भ्रमणमा ४१ लाख १३ हजार रुपैयाँ।

- पुसमा तत्कालिन सूचना तथा सञ्चार मन्त्री तथा थप २ सदस्यको रोमानियको भ्रमणमा १० लाख ७२ हजार रुपैयाँ।

- राष्ट्रपतिको आइसल्याण्ड भ्रमणमा १ करोड ६२ लाख ५ हजार रुपैयाँ।

- राष्ट्रिय सभाका अध्यक्षको २१ देखि २४ नोभेक्बरमा भएको कम्बोडिया भ्रमणमा ३४ लाख २३ हजार  रुपैयाँ।

- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिवको नोभेम्बर १८ र १९ मा भएको भारत भ्रमणमा १ लाख २६ हजार रुपैयाँ।


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend