काठमाडौं- नेपालकै पुरानोमध्येको पशुपति स्टिल उद्योगको गएको आर्थिक वर्ष आम्दानी बढाएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आम्दानी झन्डै दोबर बढाउन सफल भएको छ। कम्पनीले ४ अर्ब २० करोड रुपैयाँको आम्दानी गरेको हो। अघिल्लो वर्ष कम्पनीले २ अर्ब १९ करोड आम्दानी गरेको थियो।
कम्पनीको मार्जिन भने घटेको छ। कूल आम्दानीबाट अघिल्लो वर्ष ७ प्रतिशत नाफा गर्न सफल कम्पनीले गएको वर्ष भने जम्मा ४.७ प्रतिशत गरेको छ।
मुरारका समूह अन्तर्गतको यो कम्पनीले इक्रा नेपालबाट ए फोर प्लस रेटिङ पाएको छ। कम्पनीले कूल ३ अर्ब २३ करोड ऋणका लाग रेटिङ पाएको छ।