शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दुईवर्षभित्र उड्ने ट्याक्सी सुरु गर्दै कोरियाली कम्पनी, पाउँदैछ सरकारी साथ

images
मंगलबार, फागुन १६ २०७९
images
दुईवर्षभित्र उड्ने ट्याक्सी सुरु गर्दै कोरियाली कम्पनी, पाउँदैछ सरकारी साथ

उड्ने ट्याक्सीको विषय अहिले अनुसन्धानको अन्तिम चरणमा रहिरहँदा सन् २०५० भित्र भने विश्वका धेरै देशमा यसले प्रमुख हिस्सा लिइसक्ने अनुसन्धानहरू भइरहेका छन्।

images
images

काठमाडौं- टेलिकम्युनिकेसनमा काम गरिरहेको दक्षिण कोरियाली कम्पनी एसके टेलिकमले सन् २०२५ भित्र 'फ्लाइङ ट्याक्सी सर्भिस' सुरु गर्ने जनाएको छ। टेलिकम्युनिकेसनमा चिनिएको ठूलो कम्पनी मानिने एसकेले त्यसले आम्दानीको राम्रो माध्यम सिर्जना गर्नेगरी काम गरिरहेको जनाएको छ।

images
images
images

त्यस्तो उड्ने ट्याक्सी बनाउनका लागि गएको वर्ष नै एसके टेलिकम र अमेरिकी कम्पनी जोबी एभिएसनबीच सम्झौता भइसकेको छ। पहिले दक्षिण कोरियाली बजारमा ल्याइने त्यस्ता ट्याक्सीको बजार विस्तारको योजनासमेत छ। 

images
images

अहिले नै संसारका विभिन्न देशका ठूला तथा स्टार्टअप कम्पनीहरूले उड्ने ट्याक्सी बनाइरहेका छन्। कतिपय स्थानमा परीक्षण उडानसमेत भइसकेका छन् भने कतिपय स्थानमा कामहरू चलिरहेका छन्।

images
images

दक्षिण कोरियाली कम्पनी एसके टेलिकमसँग मिलेर उड्ने ट्याक्सी बनाउन लागेको जोबी एभिएसनले अहिले नै पनि टेकअफ र ल्यान्ड गर्नेसक्ने विद्युतीय सवारीहरू बनाइसकेको छ। 

सहरी सवारीमा चाप बढ्दै गएको समयमा कठीन समयमा अबको विश्वले यस्तै विकल्प खोजिरहेको कम्पनीको विश्लेषण छ। यस्ता ट्याक्सीले यात्रुहरूलाई समयको बचत हुनुका साथै सहरी सवारीको सहजता पनि दिलाउने बताइएको छ। 

दक्षिण कोरियाली सरकारले नै पनि २०२५ देखि नै यस्ता आविष्कारहरूलाई प्रवर्द्धन गर्नेगरी काम गरिरहेको सीएनबीसीले उल्लेख गरेको छ। सरकारले दिने साथको भरपुर उपयोग गर्नेगरी एसके टेलिकम र जोबी एभिएसन अघि बढिरहेका छन्। 

एसके टेलिकमका चिफ डिभलपमेन्ट अफिसर हा मिन योङले एयर ट्याक्सी व्यावसायिक रुपमा नै बजारमा ल्याउने बताएका छन्। आफूहरूले २०२५ को मध्यसम्मका सक्ने गरी काम गरिरहेको उनले बताएका छन्। त्यसका लागि सामान्य नागरिकले सेवा लिन सक्नेगरी काम भएको छ भन्ने प्रमाणित गर्नुपर्नेछ। सामान्य नागरिकका लागि उपयोगीसिद्ध भएमा त्यसको विस्तारका लागि सरकारले अनुमति दिनेछ। साधारण नागरिकलाई दिने सेवासँगै त्यसलाई चिकित्सासम्बन्धी सेवाका साथै पर्यटनसँग पनि जोडेर हेरिएको छ। 

मोबाइलसम्बन्धी कामबाट अघि बढेर एसके टेलिकमले उड्ने ट्याक्सीका साथै आर्टिफिसियल इन्टिलिजेन्समा पनि थप काम गर्ने जनाएको छ। उड्ने ट्याक्सीकै लागि पनि नेक्स्ट जेनेरेसन फाइभ जी नेटवर्कको आवश्यकता पर्नेछ। 

उड्ने ट्याक्सीको विषय अहिले अनुसन्धानको अन्तिम चरणमा रहिरहँदा सन् २०५० भित्र भने विश्वका धेरै देशमा यसले प्रमुख हिस्सा लिइसक्ने अनुसन्धानहरू भइरहेका छन्। त्यसमा विशेष गरी विद्युतीय ट्याक्सीहरू नै हुनेछन्। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend