बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आईपीओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
आईपीओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

कम्पनीले यही फागुन २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

काठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले यही फागुन २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। कम्पनीले एकसय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ।

यसअघि कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन र बाँडफाँट भएको छ। 

त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता विदेशमा रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सामूहिक लगानी कोषलाईसमेत प्राथमिक सेयर को निष्कासन तथा बाँडफाँट भइसकेको छ।

निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ। 

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर ’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदको आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस


प्रकाशित : सोमबार, फागुन १५ २०७९०८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend