बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सञ्चारमन्त्रीसँग मेयर बालेनको भेट - सामाजिक सञ्जाल नेपालमा पनि दर्ता गर्नुपर्ने व्यवस्थामा काम गर्न आग्रह

'सरकारी तथ्यांक एकीकृत ‘डाटा सेन्टर’मा आउँदैछ'

images
आइतबार, फागुन १४ २०७९
images
images
सञ्चारमन्त्रीसँग मेयर बालेनको भेट - सामाजिक सञ्जाल नेपालमा पनि दर्ता गर्नुपर्ने व्यवस्थामा काम गर्न आग्रह

भेटमा सरकारी तथ्यांकलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्यांक व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताइएको छ।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ।

images
images
images

भेटका क्रममा मेयर शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू (फेसबुक, ट्वीटर, युट्युव र टिकटकलगायत) नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्रीसमक्ष अनुरोध गरेका थिए।

मन्त्री शर्माले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहसँग आग्रहसमेत गरिन्। भेटमा सरकारी तथ्यांकलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्यांक व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले बताइन्। 

images

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री शर्माले भनिन्, 'फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्यांक असुरक्षित देखिएकाले सरकारले आफ्नै सफ्वेयरबाट एकीकृत गर्ने तयारी गरेको छ।'

images

मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन्।

'एउटै तारबाट सेवा प्रवाह गर्नेगरी कानुनी प्रावधान ल्याइँदै छ', उनले भनिन्, 'भूकम्प, बाढीपहिरोजस्ता सङ्कटकालीन अवस्थामा पनि तत्काल सेवा सञ्चालन गर्नेगरी उद्धार टोली बनाउन कानुनमै व्यवस्था गर्न लागिएको छ।'


प्रकाशित : आइतबार, फागुन १४ २०७९१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend