बुधबार, वैशाख २६ गते २०८१    
images
images

सामाजिक सञ्जालहरू जान्न चाहन्छन् के तपाईं पैसा तिर्न तयार हुनुहुन्छ?

images
images
images
सामाजिक सञ्जालहरू जान्न चाहन्छन् के तपाईं पैसा तिर्न तयार हुनुहुन्छ?

यो सबैका बीच वाक स्वतन्त्रताको सबैभन्दा बलियो माध्यम बनिहरेको सामाजिक सञ्जाल पनि रकमबिना केही नहुनेतर्फ जाला कि भन्ने चिन्ता बढिरहेको छ।

images
images

काठमाडौं- तपाईं यदि सामाजिक सञ्जाल थप सुरक्षित होस् भन्ने चाहनुहुन्छ, व्यक्तिगत जानकारीहरू गोप्य राख्न चाहनुहुन्छ र धेरै व्यक्तिहरूसम्म आफ्ना कुरा पुर्‍याउन पनि चाहनुहुन्छ भने अब पैसा तिर्न तयार हुनुहोस्। 

images
images
images

फेसबुक र इन्स्टाग्राममा एकाउन्ट थप सुरक्षित बनाउन र बढी व्यक्तिहरूसम्म पुग्नका लागि मेटा प्ल्याटफर्म्सले अब 'मेटा भेरिफाइड' योजनामार्फत मासिक केही रकम लिनेगरी काम गर्दैछ। जसमार्फत कम्पनीले ग्राहक सहायतामा पनि थप कामहरू गर्नेछ।

images

ट्वीटरले 'ट्वीटर ब्लू' मार्फत रकम तिरेर भेरिफाई गर्ने काम यसअघि नै सुरु गरिसकेको छ। यस्तै काम स्नापच्याटले पनि यसअघि नै सार्वजनिक गरिसकेको छ। 

images

यस्तोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केही चनाखो हुँदै सामाजिक सञ्जालको बागडोर सम्हालिरहेकाहरू के चाहन्छन् भन्नेमा ध्यान दिनु आवश्यक देखिएको छ। 

images
images

तपाईं सामाजिक सञ्जाल केही असुरक्षित छ भन्ने सोच्नुहुन्छ र पूर्ण सुरक्षित महसुस गर्न चाहनुहुन्छ भने त्यसका लागि रकम तिर्ने विषय सुविधाका रुपमा लिन सकिन्छ। तपाईंलाई सामाजिक सञ्जालमा आफ्नो विषय कम प्रयोगकर्तासम्म मात्र पुगेको छ भन्ने लाग्छ भने पनि त्यसरी रकम तिर्ने सुविधा उपयोगी हुनसक्छ। 

तर यो सबैका बीच वाक स्वतन्त्रताको सबैभन्दा बलियो माध्यम बनिहरेको सामाजिक सञ्जाल पनि रकमबिना केही नहुनेतर्फ जाला कि भन्ने चिन्ता बढिरहेको छ। यो विषयलाई आफूहरूले सामाजिक सञ्जाल उद्योगका रुपमा अघि बढिरहेको विकासका रुपमा हेरेको इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले एक भिडियोमार्फत सामाजिक सञ्जालमा नै बताएका छन्। 

कम्पनीहरू के चाहन्छन्? 

मेटाजस्ता कम्पनीहरू केही अघिसम्म विज्ञापनमार्फत हुने आयमा नै निर्भर थिए। त्यस्ता विज्ञापनमा खर्च गरिने रकम कम हुँदै गएको पछिल्ला वर्षको तथ्यांकहरूले कम्पनीहरूले भिन्न रुपमा आयको माध्यमहरू समेत सोच्न थालेको बताइन्छ। यस्तोमा सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले 'पेड सब्सक्रिप्सन' मार्फत नयाँ प्रयोगहरू गरिरहेका छन्। 

सामाजिक सञ्जालमा त्यसरी रकम तिरेर सुविधा उपयोग गरिरहेकाहरूको धारणा अहिले मिश्रित खालको नै छ। २३० मिलियनभन्दा धेरै प्रयोगकर्ता रहेको बताउने ट्वीटरमा पछिल्लो जनवरीसम्मको अवस्था हेर्दा तीन लाख सक्रीय प्रयोगकर्ताहरूले ट्वीटर ब्लू सब्सक्राइब गरेका छन्। 

पछिल्लो समय स्नापच्याटले २.५ मिलियन स्नापच्याट प्लस सब्सक्राइबर रहेको जनाएको छ। वाल स्ट्रिट जर्नलका अनुसार प्रयोगकर्ताहरूमध्ये यो संख्या सामान्य रुपमा बढिरहँदा स्नापले आफूहरूले विज्ञापनमार्फत गरिरहेको आयलाई नै छायामा पार्नेगरी 'सब्सक्रिप्सन फि' लाई नसोचेको जनाएको छ। 

मेटाले भने 'सब्सक्रिप्सन फि'मार्फत गर्ने आयमा व्यापक वृद्धि गर्ने देखिएको छ। एक वर्षमा त्यसमार्फत १.७ बिलियन आय थप्नेगरी काम गरिरहेको देखिन्छ। 

अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ थप भइरहेको सुविधाले केही सीमितले थप ठूलो उपादेयता लिइरहेका छन्। सामाजिक सञ्जालमा आफ्नो एकाउन्ट कति सुरक्षित छ र त्यसलाई कुन रुपमा प्रयोग गरिएको छ भन्ने विषय तिरिने रकमसँग जोडिन जाने देखिन्छ। कतिपय सब्सक्रिप्सन रकम त नेटफ्लिक्सका लागि तिरेभन्दा बढी देखिन्छ। 

फेसबुक र इन्स्टाग्राम

प्यारेन्ट कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामका लागि मेटा भेरिफाई कार्यक्रम अहिलेका लागि परीक्षणका रुपमा रहने जनाएको छ। तत्कालका लागि अष्ट्रेलिया र न्यूजिल्यान्डबाट यसको सुरुवात हुने भएको छ। 

फेसबुकले यसका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि मासिक ११.९९ डलर, एप्पल प्रयोगकर्ताका र वेबका लागि १४.९९ डलर शुल्क निर्धारण गरेको छ। यो मासिक शुल्कमा फेसबुक तथा इन्स्टाग्राम भेरिभाइ हुनेछ। 

सरकारी परिचयपत्रका आधारमा आफ्नो पेज तथा प्रोफाइल भेरिफाई गर्न सकिने छ। यस्तो सेवा लिनेहरूले फेसबुकको विशेष सेवा पाउनेछन्। ग्राहक सेवाकेन्द्रको सिधा पहुँच तथा खाता सुरक्षाको बलियो आधार पाउनेछन्। 

यसमा विशेष गरी रकम तिरेर सब्सक्रिप्सन लिइरहेका ग्राहकले अल्गोरिदमका आधारमा थप भिजिविलिटी पाउनेछन्। तपाईंले रकम तिर्नुभएको छ भने तपाईंको प्रोफाइल सर्च गरिरहेका समयमा थप देखिनेछन्। तपाईंका पोस्टहरू धेरै मानिससम्म पुग्नेछन् र तपाईंका कमेन्टहरू थप फैलनेछन्। तपाईंको एकाउन्टमा केही खराबी आएमा लाइभ च्याटमा कम्पनीका कर्मचारीसँग सिधा कुराकानी गर्न सक्नुहुनेछ। 

प्रयोगकर्ताहरूले सोचेअनुसार ब्लू सब्सक्रिप्सनका लागि रकम तिरेपछि अन्य विज्ञापनहरू नदेखाइनेबारे भने अहिले निर्णय भएको छैन। अन्य एकाउन्टमा जस्तै विज्ञापनहरू आइरहने छन्। 

ट्वीटर

ट्वीटरले 'पेड सब्सक्रिप्सन सर्भिस' गएको डिसेम्बरमा पुन: सुरु गरेको हो। कम्पनीको आम्दानी विज्ञापनमार्फत हुने आयमा मात्र निर्भर नगरी घाटा कम गर्न यही योजना एलन मस्कले पनि अघि बढाएका हुन्। जसमा उक्त सुविधाका लागि वेभमार्फत ८ डलर र मोबाइल एप स्टोरमार्फत ११ डलर परिरहेको छ।

ट्वीटरको नयाँ नीतिअनुसार अबदेखि प्रयोगकर्ताले आफ्नो खाता सुरक्षाका लागि लगइन गर्न पहिले मोबाइल नम्बरमा कोड आउने सुविधा सबैले नपाउने भएका छन्। टेक्स्ट म्यासेजमार्फत टु फ्याक्टर अथिन्टिकेसनको सुविधा पैसा तिरेर ट्वीटर ब्लू सब्सक्राइब गरेकाले मात्र पाउने छन्। 

पासवर्डबाहेक खातालाई सुरक्षित बनाउनका लागि विभिन्न माध्यमबाट दोस्रो सुरक्षाको उपाय अपाउने गरिन्छ। यसमा अहिले धेरै प्रचलनमा रहेको मोबाइलमा कोड प्राप्त गर्ने विधि हो। यसबाहेक अन्य विकल्प भने सबैले उपयोग गर्न सक्ने भएका छन्। 

केही समय अघिसम्म समाजमा प्रचलित व्यक्तिहरूका लागि ट्वीटरले 'ब्लू चेक' सित्तैमा नै उपलब्ध गराउँदै आएको थियो। अब भने कुनै विशेष परिचय बिना नै पनि रकम तिरेर ट्वीटरको ब्लू चेक लिन पाइने भइरहेको छ। 

यसमार्फत ट्वीटरमा ट्वीट लेखिएको ३० मिनेटसम्म इडिट गर्न पाइने सुविधा र लामा भिडियोसमेत राख्न पाइने र शब्दको सीमा पनि बढी हुनेजस्ता सुविधाहरूको पनि प्रयोग भइरहेको छ। 

images

प्रकाशित : सोमबार, फागुन १५ २०७९०३:४४

प्रतिक्रिया दिनुहोस