बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कच्चा पदार्थको मूल्य बढ्दा वाईवाई चाउचाउ उत्पादन गर्ने कम्पनीको नाफा घट्यो

एक वर्षमै ८ अर्ब आम्दानी 

images
आइतबार, फागुन १४ २०७९
images
images
कच्चा पदार्थको मूल्य बढ्दा वाईवाई चाउचाउ उत्पादन गर्ने कम्पनीको नाफा घट्यो

प्रतिस्पर्धी बजारमा कम्पनीले बढेको लागत उपभोक्तामा हस्तान्तरण गर्न नसक्दा नाफामा असर देखिएको छ। 

images
images

काठमाडौं- नेपालकै ठूलो व्यावसायिक घराना चौधरी समूह अन्तर्गतको सबैभन्दा पुरानो कम्पनी सीजी फुड्सको आम्दानीमा वृद्धि भएको छ। 

images
images
images

सन् २०२१ धको तुलनामा २०२२ मा कम्पनीको आम्दानी बढेकोढ छ। कोरोना महामारीको समयमा घटेको व्यापार पछिल्लो वर्षदेखि उकालो लागिरहेको छ। सन् २०२० मा कम्पनीको आम्दानी घटेपनि २०२१ मा वृद्धि भएर ७ अर्ब २३ करोड आम्दानी गरेको थियो। सन् २०२२ मा कम्पनीले ८ अर्ब १ करोड रूपैयाँ आम्दानी गरेको छ। 

नेपालको चर्चित चाउचाउ ब्रान्ड वाईवाई उत्पादन गर्ने यो कम्पनीले अन्य उत्पादन पनि गर्दै आएको छ। स्न्याक्स तथा पेय पदार्थ पनि उत्पादन गर्ने यो कम्पनीको दुई तिहाई आम्दानी भने वाईवाईबाटै हुने गरेको छ। 

images

चौधरी समूहकै सदस्यहरूको स्वामित्व रहेको कम्पनीको मुख्य उत्पादन वाईवाईको बजार हिस्सा राम्रो तथा स्थापित ब्रान्ड भएपनि सञ्चालन मुनाफा भने प्रभावित भएको छ। कम्पनीको कूल आम्दानीमा सम्भावित नाफाको प्रतिशत आधा घटेको छ। सन् २०२१ मा ११ प्रतिशत यस्तो मार्जिन रहेकोमा सन् २०२२ मा ५.३ प्रतिशतमा सीमित भएकव  रेटीङ  एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ। 

images

विशेषगरि कच्चा पदार्थको मूल्यमा भएको उच्च मूल्यवृद्धिका कारणले मार्जिनमा गिरावट आएको उल्लेख एजेन्सीले गरेको छ। मुख्यगरि पाल्म तेल, गहुँको मूल्यमा भएको वृद्धिको असर नाफामा देखिएको हो। प्रतिस्पर्धी बजारमा कम्पनीले बढेको लागत उपभोक्तामा हस्तान्तरण गर्न नसक्दा नाफामा असर देखिएको छ। 

सीजी फुड्सलाई इक्रा नेपालले 'ए वान' रेटिङ दिएको छ। कम्पनीले ९९ करोड अल्पकालीन ऋणका लागि यो रेटिङ पाएको हो। 

 

 

 

 

 

 


प्रकाशित : आइतबार, फागुन १४ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend