सोमबार, मंसिर १० गते २०८१    
images
images

भोटका लागि जथाभावी नबोल्न व्यवसायीहरूलाई चन्द्र ढकालको आग्रह 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
images
images
भोटका लागि जथाभावी नबोल्न व्यवसायीहरूलाई चन्द्र ढकालको आग्रह 
images
images

काठमाडौं- उद्योगी व्यवसायीहरूको प्रतिनिधमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन चैतमा हुँदैछ। चैतमा हुने चुनावमा नेतृत्व दाबी गर्ने उद्योगी व्यवसायीहरू अहिले देश दौडाहमा छन्। 

images
images
images

देशभर भइरहेका विभिन्न उद्योग वाणिज्य संघका कार्यक्रममा पुग्ने उद्योगी व्यवसायीदेखि स्थानीयस्तरमै रहेका व्यवसायीहरूले चर्को भाषण गरिरहेका छन्। पछिल्लो डेढ वर्षदेखिको पुँजीको समस्या तथा बैंक ब्याजदरको विषय अहिले उनीहरूको एजेन्डा रहेको छ। 

images

क्षेत्रीय तथा जिल्लास्तरमा हुने यस्ता कार्यक्रममा सहभागी धेरैजसोले बैंङ्क तथा वित्तीय संस्थाविरुद्ध चर्को आलोचना गरिरहेका हुन्छन्। आयोजकहरूले चर्को आलोचना गरेपछि अथिति भएर जाने 'नेता व्यवसायी'हरूले पनि बोली मिलाइरहेका हुन्छन्। 

images

'अहिले चर्को बोल्नेमात्र होइन कसले बढी चर्को बोल्ने र उत्तेजित हुने भन्ने विषयमा प्रतिस्पर्धा जस्तै भएको छ' एक व्यवसायीले भने। 

स्थापित बजारका मान्यता तथा प्रणालीविरुद्ध व्यसायीहरूलाई उत्तेजित पार्नेखालका अभिव्यक्ति व्यवसायीहरूबाटै आइरहेका छन्। पछिल्लो समय ऋणको ब्याजमा भएको वृद्धि तथा पर्याप्त तरलता नहुँदा व्यवसाय समस्यामा परेको वास्तविकता भएपनि त्यसको उठान उत्तेजित पार्नेगरि भइरहेको व्यवसायीहरू नै बताउँछन्। 

'कतिपयको अभिव्यक्ति त निकै अस्वभाविक जस्तो देखिन्छ। यो नियत भन्दा पनि भोट केन्द्रित देखिन्छ। कतिपयको लक्ष्य नै चुनाव भएका कारणले गर्दा उनीहरू चर्को बोल्छन्। यस्तोमा राम्रै बुझेका र व्यवसाय गरिरहेकाहरू पनि भोटकै लागि त्यस्तैका पछि लागेको जस्तो देखिन्छ' एक व्यवसायीले भने,'हुन त हामीले पनि विगतमा बढ्दो ब्याजदरका विषयमा बाहिर बोल्ने एउटा कुरा हुन्थ्यो भलै हाम्रो व्यक्तिगत धारणा फरक किन नहोस।' 

महासंघको राजनीतिका कारणले गर्दा अहिलेको आर्थिक दबाबलाई लिएर व्यवसायीहरू नै प्रणालीविरुद्ध उत्तेजित बनाउने भाषण गर्दै हिडिरहेका छन्। 

आगामी साधारणसभाबाट अध्यक्षको पदबहाली गर्ने निश्चित भएका अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पर्वत पुगेर यस्तै विषयमा चिन्ता व्यक्त गरेका छन्। शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरुले भोटका लागि गैरजिम्मेवाररुपमा चर्को र जथाभावी बोल्न नहुने बताएका थिए। 

'हामीले हुललाई खुशी पार्नको लागि व्यवहारिक रुपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सकिन्छ। तपाई हामीले चुनावमा भोटका लागि यस्ता मिठा मिठा कुरा त गरौँला । तर भोलि यसलाई कसरी निकर्षमा पुर्याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ' उनले शुक्रबार पर्वत पुगेकार भनेका थिए। 

व्यवसायीरुले चुनावी फण्डा बनाउँने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा  सचेत हुन आग्रह गरेका थिए। 


प्रकाशित : आइतबार, फागुन १४ २०७९११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend