बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आइएमई पेको ‘पे विथ लिंक बैंक’ सुविधा : लिंक गरेबापत पाइनेछ यस्ता सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
आइएमई पेको ‘पे विथ लिंक बैंक’ सुविधा : लिंक गरेबापत पाइनेछ यस्ता सुविधा

यो सुविधाअन्तर्गत हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- आइएमई पेले ‘पे विथ लिंक बैंक’ सुविधा थप गरेको छ।

यो सुविधाअन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरेबापत एकसय रूपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सक्नेछन्।

टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि सात सयसम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुनेछ। 


प्रकाशित : आइतबार, फागुन १४ २०७९१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend