काठमाडौं- पृथ्वी राजमार्गको मुग्लिङ-पोखरा सडकखण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवासम्मको खण्ड राति चार घण्टा बन्द हुने भएको छ।
फागुन १८ गतेदेखि २७ गतेसम्म १० दिनका लागि उक्त सडकखण्ड राति चार घण्टा बन्द रहने जिल्ला प्रशासन कार्यालय, तनहुँका सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए।
उनका अनुसार सडक विस्तारको काम भइरहेका कारण राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडकखण्ड बन्द गर्न लागिएको हो। अत्यावश्यक सवारी साधनहरु भने चल्न दिइने उनले बताए।