बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उतारचढावबीच सेयर बजारमा देखियो सामान्य सुधार

आइतबार, फागुन १४ २०७९
उतारचढावबीच सेयर बजारमा देखियो सामान्य सुधार

काठमाडौं- गएको साता तीन दिनको कारोबारमा ४७.७७ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबारमा सामान्य सुधार देखिएको छ।

आइतबार ४‍.५५ अंकले बढेर बजार २०२७.१९ बिन्दुमा पुगेको छ। आइतबार ‍‍‍१ सय ४६ कम्पनीको सेयर मूल्य बढ्दा दुई अर्ब ५२ करोड ५० लाख रूपैयाँको कारोबार भएको छ। बजारमा ६२ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता दोस्रो कारोबारको दिन बुधबार बजारमा सुधार देखिएको थियो। गएको साता बुधबार ३३.५७ अंकको सुधार देखिएको नेप्से अन्तिम कारोबारमा बिहीबार ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेको थियो। 

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको लाभांशसहित ऋण विस्तारमा कडाइ गर्ने निर्णय गरेसँगै सेयर बजारमा प्रत्यक्ष असर देखिएको छ। बिहीबार ४५ वटा लघुवित्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो। आइतबार पनि कारोबारमा आएका अधिकांश लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

सेयर बजारका लगानीकर्ताप्रति सकारात्मक हुँदै सरकारले निरन्तर दिलाउन खोजेको आशाका बीच बजार बढ्न सकेको छैन। बजारले आशा गरेअनुरुप नीतिगत सम्बोधन नभेटेपछि लगानीकर्तामा दोधार बढेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार आएसँगै पुँजी बजारलाई ध्यानमा राखेर अघि बढ्ने घोषणा बारम्बार भइरहँदा त्यसअनुरुप कदमहरू भने देखिएको छैन। कतिपयले राजनीतिक साझेदारीमा हुनसक्ने फेरबदलको असरका रुपमा समेत ब्याख्या गरिरहेका छन्।


प्रकाशित : आइतबार, फागुन १४ २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend