काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन प्रतितोला चारसय रूपैयाँले सस्तिएको छ।
आज छापावाल सुनको मूल्य एक लाख दुई हजार र तेजाबी सुनको मूल्य एक लाख एक हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आइतबार चाँदी १५ रूपैयाँले घटेर एक हजार दुईसय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार दुईसय कायम थियो।