बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
images
images
अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

‘हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलकै कारण नेपाल राष्ट्र बैंक र सरकारले केही कुराहरुमा लचिलो नीति अवलम्बन गरेको छ’, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ। हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौँ।’

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख देखिएको भन्दै व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन्।

images
images
images

नेपालगञ्ज उद्योग वाणिज्य संघको २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको भन्दा परिस्थिति नबिग्रने बताए। ‘अर्थतन्त्रका धेरै सुचकहरु बिस्तारै-बिस्तारै सकारात्मक हुँदै आएका छन्। हामी व्यवसायीहरु जस्तोसुकै असजिलो आउँदा पनि हड्बडाउनु हुँदैन’, उनले भने, ‘नैराश्यताले हामी आफैँलाई हानी गर्छ।’

छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालले केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै त्यो कुरालाई मध्येनजर गरी सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा बिस्तारै सहज स्थिति आउने उनले बताए। 

images

आफू उपस्थित हुने हरेक कार्यक्रममा बैंकको ब्याजसम्बन्धी कुराहरु उठ्ने गरेको बताउँदै उनले कुनै एक बैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र ब्याजदर परिवर्तन गर्न असम्भव रहेको बताए। ‘धेरै साथीहरुले बैंकको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा ब्याजदर घटाउन सक्ने र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरु दिने गर्नुभएको छ’, उनले भने, ‘म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंकको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन।’

images

यस्तै उनले महासंघको नेतृत्वले गरेको निरन्तर पहलकै कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले व्यवसायीहरुका धेरै गुनासाहरु सम्बोधन गरेको स्पष्ट पारे। ‘हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलकै कारण नेपाल राष्ट्र बैंक र सरकारले केही कुराहरुमा लचिलो नीति अवलम्बन गरेको छ। जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ। हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौँ’, उनले स्पष्ट पारे, ‘तपाईँ, हामी व्यवसायीहरूको समस्या केन्द्रसम्म पुर्‍याउने काम नै गरिरहेका छौँ।’


प्रकाशित : आइतबार, फागुन १४ २०७९०४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend