बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अपि पावरले सेयरधनीलाई दिने हकप्रद र लाभांशको प्रस्ताव आज पारित गर्दै

आइतबार, फागुन १४ २०७९
अपि पावरले सेयरधनीलाई दिने हकप्रद र लाभांशको प्रस्ताव आज पारित गर्दै

काठमाडौं- अपि पावर कम्पनीको सभा आज हुँदैछ। साधारण सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी जम्मा ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पास  गर्नेछ।

साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशत का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पास हुने छ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ। 

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। फागुन ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।


प्रकाशित : आइतबार, फागुन १४ २०७९०४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend