बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर फर्किए विष्णु पौडेल 

images
आइतबार, फागुन १४ २०७९
images
images
जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर फर्किए विष्णु पौडेल 

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंग्लोरमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर फर्किएका छन्। 

images
images
images

सम्मेलनमा भाग लिनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए। 

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन ११ गते भारत गएका थिए। 

images

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले निमन्त्रणा गरेको थियो।

images


प्रकाशित : आइतबार, फागुन १४ २०७९०४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend