आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

भारतीय कार उत्पादकले अवलम्बन गर्दै एडीएएस प्रविधि, सुरक्षित यात्रामा ठूलो फड्को

images
images
images
भारतीय कार उत्पादकले अवलम्बन गर्दै एडीएएस प्रविधि, सुरक्षित यात्रामा ठूलो फड्को

यो सिस्टमको मुख्य भूमिका भनेको कारमा रहेका यात्रु, पैदल यात्री र अन्य चालकहरुलाई थप सुरक्षित बनाउन सहयोग गर्नु हो। भारतमा कार उत्पादन गर्ने सबैजसो कम्पनीले यो प्रविधिमा सहितको कार उत्पादन गर्ने तयारीमा जुटि रहेका छन्।

images
images

काठमाडौं- सवारीसाधनलाई कसरी सुरक्षित बनाउने भनेर उत्पादक कम्पनीहरूले विभिन्न अध्ययन तथा प्रविधिको विकास गरिरहेका छन्। प्रविधिको विकासमा फड्को मारेसँगै सवारीसाधन सुरक्षित बनाउन पनि राम्रो योगदान भइरहेको छ। 

images
images
images

महँगा र शक्तिशाली कारमा मात्र हुने विशेषखालका सुरक्षा विशेषताहरू प्रविधिको विकासले मध्यम तथा सस्ता सवारीमा समेत थपिन थालेका छन्। भारतमा उत्पादन हुने कारमा अब एडीएएस अर्थात एडभान्स्ड ड्राइभिङ असिस्टेन्स सिस्टम लागु हुने भएको छ। 

images

यो सिस्टमको मुख्य भूमिका भनेको कारमा रहेका यात्रु, पैदल यात्री र अन्य चालकहरूलाई थप सुरक्षित बनाउन सहयोग गर्नु हो। भारतमा कार उत्पादन गर्ने सबैजसो कम्पनीले यो प्रविधिमा सहितको कार उत्पादन गर्ने तयारीमा जुटिरहेका छन्। 

images

दुई वा दुईभन्दा बढी एयरब्याग, एडीएएसअन्तर्गतका अटोनोमस इमर्जेन्सी ब्रेकिङ (एईडी), ब्लाइन्ड स्पट डिटेक्सन (बीएसडी), लेन डिपार्चर वार्निङ (एलडीडब्लू) र एडप्टिभ क्रुज कन्ट्रोललगायतका विशेषता भएका कार बन्ने छन्। कारमा यी विशेषता समावेश गर्नेगरि विभिन्न प्रविधि कम्पनीहरूले सवारी उत्पादकसँग काम गरिरहेका छन्। 

images
images

प्रविधि कम्पनी कन्टिनेन्टलले तीब्र गतिमा नयाँ सुरक्षा प्रविधिबारे भारतीय सवारी उत्पादक मारुती सुजुकी, टाटा मोटर्सलगायत कम्पनीसँग काम गरिरहेका छ। कन्टिनेन्टलले ती कम्पनीहरूलाई एडीएएस प्रविधि उपलब्ध गराउने छ। कन्टिनेन्टलले सुरुवाती चरणमा अलर्ट बेस्ड असिस्टेन्ट सिस्टम अन्तर्गत फर्वाड कोलिसन वार्निङ, लेन डिपार्चर वार्निङ, ट्राफिक संकेट रिकग्निसनलगायत विशेषता उपलब्ध गराउनेछ। यसबार सवारी उत्पादकहरूले भने प्रतिक्रिया दिइसकेका छैनन्। 

कन्टिनेन्टलले केही समयअघि मात्र एडीएएस प्रविधि अन्तर्गतका ब्लाइन्ड स्पट डिटेक्सन (बीएसडी), रेयर क्रस ट्राफिक अलर्ट (आरसीटीए), इमर्जेन्सी ब्रेक असिस्ट (ईबीइ), सि थ्रु बोनेट (एसटीबी), एडप्टिभ क्रुज कन्ट्रोल र लेन किप असिस्ट (एसीसी र एलकेए)को डेमो देखाएको थियो। यी प्रविधिले कसरी काम गर्नछन् भन्नेबारे यहाँ उल्लेख गरिएको छ। 

ब्लाइन्ड स्पट डिटेक्सन (बीएसडी)

यो सिस्टमले ब्लाइन्ड स्पट एरियालाई कर्नर रेडार सेन्सको माध्यमले मोनिटर गरिरहेको हुन्छ। हरेक सवारी चलाउँदा ब्लाइन्ट स्पट एरिया हुन्छ जुन चालकले लुकिङ वा अन्य ग्लासमा हेरेर देख्न सक्दैन। यो सिस्टमले सवारी चालकलाई साइड भ्यू मिररमा फ्ल्यास लाइटको माध्यमबाट जानकारी दिन्छ। 

रेयर क्रस ट्राफिक अलर्ट (आरसीटीए)

यो सिस्टमले चालकलाई पार्किङभन्दा बाहिर गाडी ब्याक गर्नु परेमा सहयोग गर्छ। आरसीटीएले आफ्नो कारको पछाडि कार वा पैदल यात्रु जेसुकै भएपनि त्यसबारे जानकारी गराउँछ। ब्याक गर्दा कार पछाडि भएको अवरोधबारे चालकलाई संकेतद्वारा जानकारी गराउँछ र सुरक्षित चालनमा सहयोग गर्छ। 

इमर्जेन्सी ब्रेक असिस्ट (ईबीए)

अटोमेटिक इमर्जेन्सी ब्रेकिङका लागि आवश्यक पर्ने राडारमा आधारित सेन्सर सवारीको अघिलतिर राखिएको हुन्छ। यो सिस्टमले चालकलाई अन्य वस्तुसँग गाडी कति नजिक छ भनेर देखाउँछ र त्यसबारे जानकारी गराउँछ। अन्य वस्तुसँग कार नजिकिँदा पनि चालकले गाडी स्लो नगरेमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङले गाडीमा ब्रेक लगाएर स्लो गराउँछ र रोकिदिन्छ। 

सि-थ्रु बोनेट (एसटीबी)

कन्टिनेन्टलले सि-थ्रु बोनेट प्रविधिको समेत शोकेस गरेको थियो। कारका विभिन्न भागमा रहेको क्यामेराले कारमुनीको भिडियो देखाउँछ। यो सिस्टम मुख्यगरि अफ रोड तथा बिग्रिएका बाटोमा यात्रा गर्नेका लागि उपयुक्त हुनेछ। 

एडप्टिभ क्रुज कन्ट्रोल 

गाडीको अगाडी रहेको राडार सेन्सरबाट एडप्टिभ क्रुज कन्ट्रोलले काम गर्छ। यो सिस्टमले दुई कारबीचका दुरी कम भए रोकिने र अगाडिको कार अगाडि बढेर दुरी बढेपछि पुन गति बढाउन सहयोग गर्छ। यो प्रणालीले स्वचालित रुपमै गति बढाउने छ। 

लेन किप असिस्ट

यो सिस्टमले आफू गुडिरहेको लेनबाट गाडी अर्को लेनमा जान लागेमा सचेत गराउने छ। स्पस्ट लेन मार्किङ भएकाले सडकमा यो सिस्टमले लेन छाडे चालकलाई जानकारी गराउने छ र अटेरी गरे सिस्टमले नै गाडीलाई पुरानै लेनमा फर्काउने छ। 

images

प्रकाशित : सोमबार, फागुन १५ २०७९०५:३४

प्रतिक्रिया दिनुहोस