बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

छायाँनाथ रारा नगरपालिकाका तत्कालीन उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १२ २०७९
images
images
छायाँनाथ रारा नगरपालिकाका तत्कालीन उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली बिल बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा छायाँनाथ रारा नगरपालिकाका तत्कालीन उपप्रमुख सुन्तला रोकायासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

images
images

काठमाडौं- नक्कली बिल बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा छायाँनाथ रारा नगरपालिकाका तत्कालीन उपप्रमुख सुन्तला रोकायासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको वडा नम्बर ११ स्थित स्वास्थ्य चौकीमा ग्याबिन पर्खाल निर्माण गर्दा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्य झुटा भरपाई देखाएर ७ लाख ५७ हजार ३ सय ७ रुपैयाँ अनियमितता गरेको आरोपमा सोही रकम बराबरको बिगो मागदाबीसहित ११ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

नगरपालिकाका अनुगमन समिति संयोजकसमेत रहेकी तत्कालीन उपप्रमुख रोकायासहित वडा नम्बर १३ का अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्रबहादुर रावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरू हजरकला कामी र हरिनी नेपालीले हुँदै नभएको कामलाई निर्माण सम्पन्न भएको गलत प्रतिवेदन दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

images

त्यस्तै सोही कसुरमा छायाँनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, इन्जिनियर पदमबहादुर बुढा र सब-ओभरसियर (करार) गड बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो, कैद र जरिवानामा माग गरिएको छ। ७ लाख ५७ हजार ३ सय ७ रुपैयाँ बिगो, ३ महिनादेखि ३ वर्ष सम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना असुल गर्न माग गरिएको छ।

images


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend