बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढीको गतिमा सवारी साधन चलाउन नपाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १२ २०७९
images
images
उपत्यकामा प्रतिघण्टा ५० किमिभन्दा बढीको गतिमा सवारी साधन चलाउन नपाइने

उपत्यकाभित्र चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलंकी-कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा अबदेखि प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ।

images
images
images

उपत्यकाभित्र हुने सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको हो। 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। 

images

उपत्यकाभित्र चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलंकी-कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको छ।

images

यसैगरी कोटेश्वर-भक्तपुर सडकखण्डमा समेत प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ।

साथै उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend