काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
बुधबारको तुलनामा बिहीबार पाँचसय रूपैयाँले सस्तिएको सुनको मूल्य शुक्रबार एकसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार चारसय र तेजाबी सुनको मूल्य एक लाख एक हजार नौसय रूपैयाँ कायम छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँचसय र तेजाबी सुन एक लाख दुई हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले घटेको महासंघले जनाएको छ। बिहीबार एक हजार दुईसय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार दुईसय ७५ रूपैयाँ कायम छ।