बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिभिल बैंकको सेयर कारोबार रोक्का

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
सिभिल बैंकको सेयर कारोबार रोक्का

सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी भोलिदेखि एकीकृत कारोबार सुरु गर्दैछ।

काठमाडौं- सिभिल बैंकको सेयर कारोबार रोक्का हुने भएको छ। 

नेपाल धितोपत्र बोर्डले जारी गरेको मर्जरसम्बन्धी निर्देशिका बमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिमालयन बैंकसँग गाभिएको सिभिलको सेयर कारोबार फागुन १२ गतेदेखि रोक्का गर्ने निर्णय गरेको हो। 

सिभिललाई हिमालयनले प्राप्ति गरी भोलिदेखि एकीकृत कारोबार सुरु गर्दैछ। अब सेयर मिलानलगायतका प्रक्रिया पूरा भएपछि सिभिलको सेयर हिमालयनको नाममा सूचीकृत भई कारोबारमा आउनेछ। 

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो। केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो। राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो।


प्रकाशित : बिहीबार , फागुन ११ २०७९११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend