काठमाडौं- कृषि विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
अध्यक्ष पुडासैनीले बिहीबार गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
पूर्वराजस्व सचिव पुडासैनीलाई बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको थियो।
यसअघि अर्थ मन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो।