शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

दुबई पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
images
images
दुबई पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने पक्राउ

ठगी गर्नेमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- आकर्षक तलबमा वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। 

images
images
images

६ लाख रुपैयाँ नगद ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंको सामाखुसी बस्ने रुकुमका ३१ वर्षीय दलवीर विकलाई बुधबार दिउँसो पक्राउ गरेको हो। 

images
images

उनले रुकुम (पश्चिम) चौरजहारी नगरपालिका-८ बस्ने ३० वर्षीय पुरूषसहित अन्य पीडितहरुबाट रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। मासिक ६० हजार रुपैयाँ तलबमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गर्ने उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।  

images
images
images

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
                


प्रकाशित : बुधबार, फागुन १० २०७९१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend