बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
images
images
सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग

व्यवसायीहरुको मागलाई राज्यले सम्बाेधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने चेतावनी समेत दिइएको छ।

images
images

काठमाडौं- तीन सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका तत्काल जारी गर्न सरकारसँग माग गरेका छन्। 

images
images
images

बुधबार अर्थ मन्त्रालय पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो।  

तीनवटै महासंघको संयुक्त प्रतिनिधिमण्डलले व्यवसायीहरुको मागलाई राज्यले सम्बाेधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने चेतावनी समेत दिएका छन्। लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारी निकायबाट यसको सुनुवाई नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाए। 

images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबारसम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसायसञ्चालनमा कठीनाइ भएको बताए। निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुनेजस्ता समस्या आएको बताए।

images

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आ-आफ्नो तर्फबाट व्यावसायिक समस्याबारे जानकारी गराएका थिए।   

प्रतिनिधिको गुनासो सुनिसकेपछि उपप्रधान तथा अर्थमन्त्री पौडलले समस्यालाई आफूले गम्भीर रुपमा लिएको र ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिए। उनले व्यवसायीले राखेका समस्याको आफूले अध्ययनगरी त्यसको समाधानका लागि आवश्यक पहल गर्ने बताए। 


प्रकाशित : बुधबार, फागुन १० २०७९११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend