बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रतिकित्ता १९० रुपैयाँभन्दा तल झरेका यी चार वाणिज्य बैंक, सेयर मूल्य अब घट्ला कि बढ्ला?

बुधबार, फागुन १० २०७९
प्रतिकित्ता १९० रुपैयाँभन्दा तल झरेका यी चार वाणिज्य बैंक, सेयर मूल्य अब घट्ला कि बढ्ला?

काठमाडौं- दोस्रो बजारमा चार वाणिज्य बैंकको सेयर मूल्य २ सय रुपैयाँबाट पनि तल झरेको छ। जुन मूल्य बैंकको सूचकसँग तुलना गर्दा अन्डरभ्यालुयसन भएको छ।

राम्रा बै‌ंकहरूकै सेयर मूल्य घट्दा साधारण सेयर खरिदमा आवेदन नै दिन नपर्नेगरी कारोबार गर्न सकिने अवस्था आएको छ। बजार बढ्दा मनग्य नाफासमेत वाणिज्य बैंकको सेयरमार्फत लिन सकिन्छ। 

प्रभु बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र लक्ष्मी बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल झरेको हो। दोस्रो बजारमा प्रभु बैंकको सेयरमूल्य १८९ रुपैयाँ, सनराइज बैंकको १९० रुपैयाँ, सिटिजन्स बैंकको १८७ रुपैयाँ र लक्ष्मी बैंकको सेयर मूल्य १९० रुपैयाँ रहेको छ।

बुधबार प्रभु बैंकले ३५ हजार ३०३ कित्ता कारोबार भएको छ। प्रभुको एकवर्षमा प्रतिकित्ता ३१५ रुपैयाँसम्म कारोबार भएको थियो।

त्यस्तै बुधबार सनराइज बैंकको १९० रुपैयाँमा कारोबार भएको छ। सनराइज बैंकको ९ हजार ४ सय ४९ कित्ता कारोबार भएको छ। सनराइजको मूल्य एकवर्षको अवधिमा २७२ रुपैयाँसम्म पुगेको थियो। 

१८७ रुपैयाँमा अन्तिम कारोबार भएको सिटिजन्स बैंकको २० हजार कित्ता सेयर कारोबार भएको छ। बैंकको एकवर्षको अवधिमा मूल्य २८६ रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै लक्ष्मी बैंकको सेयर १९० रुपैयाँमा कारोबार भइरहेको छ। बैंकको २५ हजार ३ सय ३० कित्ता कारोबार भएको छ। बैंकको एकवर्षको बीचमा सेयर २७७ रुपैयाँसम्म कारोबार भएको थियो। 

पछिल्लो समय वाणिज्य बैंकहरू मर्ज भइ २० वटामा सीमित भएका छन्। फागुन १२ गते हिमालयन र सिभिल बैंकले एकीकृत कारोबार सुरु गर्दै छन्। यता सनराइज र लक्ष्मी बैंकले पनि मर्ज हुन प्रारम्भिक सम्झौता गरिसकेका छन्। यी चार बैंक मर्जपछि वाणिज्य बैंक १८ मा झर्नेछन्। 


प्रकाशित : बुधबार, फागुन १० २०७९०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend