शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

शनिबारदेखि तीन दिनसम्म पाल्पा-बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
images
images
शनिबारदेखि तीन दिनसम्म पाल्पा-बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो। 

images
images

रामपुर- सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो। 

images
images
images

वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त बताउँछन्। दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ। सो समयावधिमा काम गरिने जनाइएको छ।

images
images

सडक बन्द भएपछि अति आवश्यक पर्ने सवारी साधन, साना, हलुका गाडीलाई वैकल्पिक मार्गको रुपमा दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नतिपश्चात राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय भएको छ। सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ। 

images
images
images

पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला बेलामा ठूलो हानीनोक्सानी हुने गरेको छ। पाल्पा, बुटवल, पोखरा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा आवतजावत गर्ने यो महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ। यही सडकमा माथिबाट खसेको पहिराले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ। रासस


प्रकाशित : बुधबार, फागुन १० २०७९०९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend