बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा दुई सातापछि पुन: हरियाली, अब सम्हालिएला?

बुधबार, फागुन १० २०७९
सेयर बजारमा दुई सातापछि पुन: हरियाली, अब सम्हालिएला?

बुधबार ३३.५७ अंकले बढेर बजार २०८०.३८ बिन्दुमा पुगेको छ। एक सय ६५ कम्पनीको सेयर मूल्य बढ्दा एक अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। बजारमा सुधार देखिए पनि कारोबार रकम भने अपेक्षाकृत बढ्न सकेन। 

काठमाडौं- गएको केही सातायता उतारचढावमा रहेको सेयर बजारमा यो साताको दोस्रो कारोबारमा सकारात्मक सुधार देखिएको छ। दुई सातापछि देखिएको सुधारले बजार पुन: उही बिन्दु वरपर स्थिर रहने देखिएको छ।

नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार केही समयको उछालपछि निरन्तर उतारचढाव देखिएको छ। यो साता पहिलो कारोबारमा सोमबार २३.६० अंकले घटेको बजार दोस्रो कारोबारमा बुधबार सुधारतर्फ बढेको हो।

बुधबार ३३.५७ अंकले बढेर बजार २०८०.३८ बिन्दुमा पुगेको छ। एक सय ६५ कम्पनीको सेयर मूल्य बढ्दा एक अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। बजारमा सुधार देखिए पनि कारोबार रकम भने अपेक्षाकृत बढ्न सकेन। 

सेयर बजारका लगानीकर्ताप्रति सकारात्मक हुँदै सरकारले निरन्तर विश्वास दिलाउन खोजे पनि बजारले सुधारको स्थायी आधार भेटेको छैन। राजनीतिक स्थिरतासँगै नीतिगत परिवर्तनले साथ दिनसके मात्रै बजारले सुधारको स्थायी बाटो समात्ने विश्लेषकहरू बताउँछन्।  

प्रकाशित : बुधबार, फागुन १० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend