बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सामुदायिक र किसान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कसको कति? 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
सामुदायिक र किसान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कसको कति? 

किसान लघुवित्तले ७ प्रतिशत र सामुदायिक लघुवित्तले १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। 

काठमाडौं- किसान लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। 

मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०‍.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँ रहेको छ। 

यस्तै मंगलबार नै बसेको सामुदायिक लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, फागुन १० २०७९०८:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend