आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

कतिपय लघुवित्तले गर्दा गरिबहरू उठ्न नसक्नेगरी थला परे, सुपरिवेक्षण तल्लो तहसम्म होस् : गगन थापा

images
बुधबार, फागुन १० २०७९
images
images
कतिपय लघुवित्तले गर्दा गरिबहरू उठ्न नसक्नेगरी थला परे, सुपरिवेक्षण तल्लो तहसम्म होस् : गगन थापा

लघुवित्तका कारण मर्कामा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन सकिने भन्दै उनले एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न माग गरे।

images
images

काठमाडौं- कांग्रेस सांसद गगनकुमार थापाले अनुचित नाफा कमाउनका लागि लघुवित्तले जे पनि गर्न नहुने र राष्ट्र बैंकको सुपरिवेक्षण सही रुपमा तल्लो तहसम्म हुनुपर्ने बताएका छन्। 

images
images
images

प्रतिनिधिसभा बैठकमा प्रश्न उठानका क्रममा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद थापाले लघुवित्तका कारण कयौँ गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको बताउँदै बदनियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन्।

images
images

अति विपन्नलाई गरिबिको आहालबाट निकाल्न काम होला भनेकोमा कतिपय लघुवित्तको कामले गर्दा गरिबहरू उठ्न नसक्नेगरी थला पर्न बाध्य भएको भन्दै उनले अनुचित नाफा कमाउनका लागि लघुवित्तले जे पनि गर्न नहुने बताए। 

images
images
images

‘लघुवित्त संस्थाहरूले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको हो’ थापाले भने।

अनुमति दिँदै गर्दा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण पनि समस्या आएको भन्दै उनले सुपरिवेक्षण गर्ने काम तल्लो तहसम्म राम्ररी हुनुपर्ने बताए। 

लघुवित्तका कारण मर्कामा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन सकिने भन्दै उनले एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न माग गरे।

 

 

 

 


प्रकाशित : बुधबार, फागुन १० २०७९०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend