शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

सात महिनामा २ खर्बले घट्यो आयात

images
बुधबार, फागुन १० २०७९
images
images
सात महिनामा २ खर्बले घट्यो आयात

भटमास लगायतका तेलको निर्यात घट्दा निर्यात प्रभावित भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब १९ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। भन्सार विभागका अनुसार साउनदेखि माघसम्मको अविधमा विदेशबाट हुने आयात गत वर्षको यही अवधिको तुलनामा १९ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा ११ खर्ब ४७ अर्ब रुपैयाँको आयात भएको थियो। यो वर्ष गत वर्षको तुलनामा २ खर्ब २८ अर्ब रूपैयाँले आयात घटेको छ। 

images
images
images

गत वर्षको तुलनामा यो वर्ष निर्यात पनि २९ प्रतिशतले घटेको छ। गत वर्षको सात महिनामा १ खर्ब ३१ अर्बले निर्यात भएकोमा यो वर्ष घटेर ९३ अर्बमा सीमिति भएको छ। 

images
images

चालु वर्षको छ महिनासम्म आयातमा सीमा लागेको तथा बजारमा न्यून माग हुँदा आयात प्रभावित भएको थियो। मुलुकमा वैदेशिक मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वर्षको चैतदेखि आयातमा कडाइ गरेको थियो। यही पुसदेखि आयातलाई खुकुलो बनाइएको छ। 

images
images
images

भटमास लगायतका तेलको निर्यात घट्दा निर्यात प्रभावित भएको छ। 

सात महिनामा व्यापार घाटा ८ खर्ब २५ अर्ब रहेको छ। यो गत वर्षको तुलनामा १८ प्रतिशतले न्यून हो। समग्रमा सात महिनामा गत वर्षको तुलनामा २० प्रतिशतले अन्तर्राष्ट्रिय व्यापार घटेको छ। 

 


प्रकाशित : बुधबार, फागुन १० २०७९०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend