शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

मसानघाट योजना : लाखौँ खर्चिएपछि वातावरणमा प्रभाव पर्ने भन्दै पन्छियो टीकापुर नगर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
images
images
मसानघाट योजना : लाखौँ खर्चिएपछि वातावरणमा प्रभाव पर्ने भन्दै पन्छियो टीकापुर नगर

नगरप्रमुख रामलाल डगौरा थारूले दौलतपुरमा मसानघाट निर्माण गर्न नसकिने बताए। वातावरणीय समस्या आउने देखिएपछि बजेट विनियोजन गर्न नसकिएको उनले बताए। 

images
images

भजनी- बजेट अभावमा कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ। कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ।

images
images
images

नगरपालिकाले पहिलो वर्ष ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो। यसका लागि नगरपालिकाले चार लाख ९० हजार रूपैयाँ खर्च गरेको थियो। मसानघाटमा विभिन्न संरचनाका लागि दुई करोड ५४ लाख रूपैयाँको बजेट अनुमान गरिएको छ।

images
images

पहिलो चरणमा तटबन्ध र प्रतिक्षालय निर्माण सम्पन्न भएको थियो। त्यसमा नगरपालिकाको ३९ लाख ४० हजार रूपैयाँ खर्च भएको छ। निराजन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त आयोजनाको ठेक्का ४१ लाख ६५ हजार रूपैयाँ लिएको नगरपालिकाका इञ्जीनियर नवीन ओझाले बताए।

images
images
images

‘नदीको पानीको बहावका कारण वर्षमा दुई-तीन महिनाभन्दा बढी काम गर्ने स्थिति थिएन। त्यसकारण ठेक्का भएको संरचना निर्माणमा समय लागेको हो’, उनले भने। चालु आवमा आयोजनाको बजेट नभएकाले काम ठप्प भएको उनको भनाइ छ। 

नगरप्रमुख रामलाल डगौरा थारूले दौलतपुरमा मसानघाट निर्माण गर्न नसकिने बताए। वातावरणीय समस्या आउने देखिएपछि बजेट विनियोजन गर्न नसकिएको उनले बताए। रासस


प्रकाशित : बुधबार, फागुन १० २०७९०६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend