बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ब्याजदरबारे बुझेर मात्रै ऋण लिन राष्ट्र बैंकको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
ब्याजदरबारे बुझेर मात्रै ऋण लिन राष्ट्र बैंकको आग्रह

ब्याजदरको बारेमा पूर्ण जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले ब्याजदरको बारेमा पूर्ण जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन आग्रह गरेको छ।

मंगलबार एक सूचना जारी गरी राष्ट्र बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा भुक्तानीमा समस्या आउन सक्ने भन्दै ऋण लिँदा ब्याजदरबारे बुझेर मात्रै लिन सर्वसाधारणलाई सचेत गराएको हो। 

निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन’, राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन।’

ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा उपयोग गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ। 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९१२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend