आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

आर्थिक संकटले हवाई सुरक्षामै असर पर्ने देखिएपछि जहाज र हेलिकप्टर कम्पनीहरूको वित्तीय अडिट गर्ने प्राधिकरणको निर्णय

images
images
images
आर्थिक संकटले हवाई सुरक्षामै असर पर्ने देखिएपछि जहाज र हेलिकप्टर कम्पनीहरूको वित्तीय अडिट गर्ने प्राधिकरणको निर्णय
images
images

काठमाडौं- एयरलाइन्स कम्पनीहरूमा धमाधम वित्तीय संकट आउने खतरा बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले वित्तीय लेखापरीक्षण (अडिट) गर्ने भएको छ। प्राधिकरणले सबै एयरलाइन्स कम्पनी र हेलिकप्टर कम्पनीको वित्तीय लेखापरीक्षण गर्ने भएको हो।

images
images
images

वित्तीय संकटकै अवस्थामा एयरलाइन्स सञ्चालन गर्दा हवाई सुरक्षमा गम्भीर असर पर्ने देखिएको भन्दै प्राधिकरणले सबै एयरलाइन्सको वित्तीय अवस्था बुझ्न लागेको हो। सोमबारमात्रै पाइलट र कर्मचारीलाई तलब नदिएको भन्दै गुण एयरलाइन्सका सबै जहाज प्राधिकरणले ग्राउन्डेड गरिदिएको थियो।

images

वित्तीय अवस्था कमजोर भएमा धेरै कुरामा असर पर्ने भएकोले अडिट गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनन्नाथ निरौला बताउँछन्। ‘गुण एयरलाइन्सलाई ग्राउन्डेड गरेका छौँ, अन्यको पनि वित्तीय अवस्था चेकजाँच गरेर ‘एक्सन’ लिने छौँ,’ प्रवक्ता निरौलाले भने।

images

वित्तीय अवस्था खराब भएमा जहाज मर्मत सम्भारमा पनि समस्या हुनसक्ने भएकोले सुरक्षा जोखिमलाई ध्यान दिएर प्राधिकरणले सबै एयरलाइन्सको अडिट गर्न लागेको प्रवक्ता निरौलाले जानकारी दिए। 

images
images

अहिले धेरै एयरलाइन्सले जहाज थन्क्याएर राखेका छन्। बजारमा माग नै नभएका कारणले जहाज थन्किएका भने पक्कै पनि होइनन्। अहिले बजारमा माग पर्याप्त रहेपनि केही एयरलाइन्सले भएकै जहाजको उपयोगिता बढाउन सकेका छैनन्।  

नेपाली आकाशमा उडानमा रहेका एयरलाइन्सहरू आर्थिक संकटमा पर्ने सामान्यजस्तै भइसकेको छ। सरकारलाई तिर्नुपर्ने रकममा मात्र होइन, कर्मचारीलाई समेत तलब भुक्तान नगरी बन्द भएका कतिपय एयरलाइन्सका सञ्‍चालकहरू अहिले सम्पर्कमा छैनन्। कतिपय भने अन्य पेसा, व्यवसायमा सक्रीय छन्। विमानस्थल तथा सरकारलाई पैसा नदिएका यस्ता एयरलाइन्स आर्थिक संकटको घोषणा गरेर बन्द भएका होइनन्। उनीहरू आर्थिक रूपमा कंगाल भएर सेवा सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि गुपचुप बाहिरिएका थिए। 

एयरलाइन्स कम्पनीसँग पर्याप्त कोष नहुनेवित्तिकै मर्मतसम्भारमा असर गर्छ। आवश्यक र खुलेर गर्नुपर्ने मर्मतमा सम्झौता हुनसक्छ। पाटपुर्जा र मर्मतसम्भार भनेको ठूलो लागत लाग्ने क्षेत्र हो। यसमा कुनै पनि असर पर्न हुँदैन। सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुग्दासम्म आर्थिक रूपमा धेरै कमजोर भइसकेका हुन्छन् कम्पनी। तर पनि कतिपय एयरलाइन्सले जसोतसो उडान गरिरहेकै हुन्छन्। अन्तिममा दायित्व बढ्दै तथा आम्दानी घट्दै गएपछि कम्पनी बन्द हुन्छन्।

आन्तरिक उडानमा रहेका अधिकांश एयरलाइन्स अहिले आर्थिक संटकमा परेका छन्। एयरलाइन्स कम्पनीहरूले यस्तो कुरा बाहिर नभनेपनि उनीहरूले गर्ने उडान तथा गतिविधिले संकट प्रष्ट पारेको छ। 

अहिले श्री एयरलाइन्ससँग सातवटा जहाज छन्। श्रीसँग सीआरजे (जेट इन्जिन) चारवटा र बम्बार्डियरकै क्वू ४०० जहाज तीनवटा छ। सातवटा जहाज रहेको श्रीले लामो समयदेखि चारवटा मात्रै जहाज उडाइरहेको छ। श्रीले ३ बम्बार्डियरकै क्वू ४०० जहाज र एउटा ५० सिट क्षमताको जेट इन्जिन जहाज मात्रै उडान गरिरहेको छ। तीनवटा जेट इन्जिन जहाज लामो समयदेखि उडान गरेको छैन। आम्दानीको तुलनामा खर्च धेरै भएका कारणले जेट इन्जिन जहाज अहिले तीनवटा थन्किएको एयरलाइन्सले जानकारी दिएको छ। 

सौर्य एयरलाइन्ससँग पनि तीनवटा जेट इन्जिन जहाज छ। तर एयरलाइन्सले दुईवटा मात्रै जहाज उडान गरिरहेको छ। एउटा जहाज लामो समयदेखि ग्राउन्डेड नै छ। ग्राउन्डेड जहाजको कतिपय पार्टपुर्जासमेत झिकेर अन्य उडान भएको जहाजमा प्रयोग गरेको छ।  

कुनै पनि एयरलाइन्सको आर्थिक स्वास्थ्य उडान सुरक्षासँग जोडिन्छ। कुनै पनि एयरलाइन्सको आर्थिक अवस्था खस्किँदै गयो भने पहिलो असर नै उडान सुरक्षामा पर्नसक्ने एयरलाइन्स सञ्चालकहरू बताउँछन्। 

हालसम्म नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित ७२ वटा विमानस्थल रहेकोमा ३५ विमानस्थल सञ्चालनमा छन्। हाल २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र २० आन्तरिक वायुयान कम्पनीले उडान गरिरहेका छन्। 

आन्तरिकतर्फ बुद्ध एयर, सिम्रिक, नेपाल वायुसेवा, श्री एयरलाइन्स, गुण एयरलान्स तारा, सीता, समिट, यती, सौर्य एयरलान्सले उडान भर्दै आएका छन्। साथै हेकिप्टरमा एयर डाइनेष्टि, एल्टिच्यिूट, फिस्टेल, माउन्टेन, मनास्लु, प्रभू, श्री, सिम्रिक, हेलि एभरेष्ट, कैलास हेलीक्प्टर, मनाङ र मुस्ताङ एयर लगायतले सेवा दिँदै आएका छन्।

नेपाल वायुसेवा निगम, श्री एयरलाइन्स, हिमालय र बुद्ध एयर गरी चार स्वदेशी कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति लिएका छन्।

पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती पाँचवटै जेटस्ट्रिम जहाज विदेशी कम्पनीलाई बेच्दै गुण एयरलाइन्स पाँचवटै जेटस्ट्रिम जहाज विदेशी कम्पनीलाई बेच्दै गुण एयरलाइन्स

images

प्रकाशित : मंगलबार, फागुन ९ २०७९०८:११

प्रतिक्रिया दिनुहोस