बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी

एनटीसीमा मर्मतको जिम्मा लिएर हेलचक्य्राइँ गर्ने कम्पनीलाई कारबाहीको साटो पुरस्कार

images
मंगलबार, फागुन ९ २०७९
images
images
बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी

बिलिङ प्रणालीको खराबीले गर्दा १० प्रतिशत बिलिङ चुहावट रहेको र पटके समस्याका कारणले गर्दा ठूलो रकम चुहावट भइरहेको छानबीन समितिको ठहर छ।

images
images

काठमाडौं- नेपाल टेलिकमको वर्तमान बिलिङ प्रणालीको जडान तथा मर्मत सम्भार गरिरहेको कम्पनी एसिया इन्फोले गम्भीर लापरबाही गरेको पाइएको छ।

images
images

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको छानबीन समितिले मर्मतको जिम्मेवारी पाएको कम्पनीले सुरूदेखि नै खेलाची गरिरहेको तर व्यवस्थापनले उचित कदम नचालेको ठहर गरेको छ।

images
images

टेलिकम र उक्त कम्पनीबीचमा भएको सम्झौताअनुसार काम नहुँदा पनि व्यवस्थापनले जिम्मेवार बनाउने काम नगरेको, यसअघि दिइएका सुझाव तथा निर्देशनको बेवास्ता गरिएको समितिले ठहर गरेको छ।

images
images

चिनियाँ कम्पनी एसिया इन्फोको बदमासी तथा गैरजिम्मेवारी तथा व्यवस्थापनको लाचारीका कारणले कम्पनीले अर्बौं रुपैयाँ गुमाइरहेको छ। माघ ३ गते एक घण्टामात्र सेवा अबरुद्ध हुँदा ६५ लाख रुपैयाँसम्म क्षति भएको उक्त समितिले प्रक्षेपण गरेको छ। बिलिङ प्रणालीमा आउने समस्याकै कारण पछिल्लो समय कम्पनीले दैनिक क्षति बेहोरिरहेको ठहर गरेको छ।

बिलिङ प्रणालीको खराबीले गर्दा १० प्रतिशत बिलिङ चुहावट रहेको र पटके समस्याका कारणले गर्दा ठूलो रकम चुहावट भइरहेको छानबीन समितिको ठहर छ।

पछिल्लो १२ वर्षदेखि टेलिकमको बिलिङ व्यवस्थापन गरिरहेको एसिया इन्फोले प्रणाली नै काम चलाउ मात्र बनाएको छ। नियमित मर्मतको जिम्मा लिएको यसले योजना नै नबनाएको पाइएको छ।

बिलिङ स्टोरेजका लागि डेटा रिकभरी सेन्टर नै वास्तविकतामा नहरेको पाइएको समितिले ठहर गरेको छ। यो कम्पनीले अहिले बिलिङ सपोर्ट प्रणालीको डेटा सेन्टर सुन्धारामा रहेको छ भने त्रिपुरेश्वरमा रिकभरी सेन्टर भनेर राखिएको छ।

तर यो सैद्धान्तिक र आम प्रचलनबिपरीत रहेको समितिले ठहर गरेको छ। 'रिकभरी र मुख्य सेन्टर भनिए पनि समानान्तर ट्राफिक व्यवस्थापन भइरहेको पाइयो' समितिका एक सदस्यले भने।

'दुबै साइटमा रहेका सर्भरमा लोड सन्तुलन गरी प्रोसेसिङ समानान्तररुपमा गरेको देखियो' समितिको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्रिपुरेश्वरको रिकभरी सेन्टरका रुपमा नभई देखाउनका लागि मात्र राखिएको समितिले ठहर गर्नुको मुख्य आधार माघ ३ गतेको समस्याका पछाडिको कारणलाई प्रस्तुत गरेको छ।

सामान्यतया रिकभरी सेन्टरको काम मुख्य डेटा सेन्टरको ब्याकअपको काम गर्नु हो। तर रिकभरी सेन्टर अफलाइन हुँदा सम्पूर्ण विलिङ प्रणाली बन्द भएको थियो। रिकभरी सेन्टर बनाउनुपर्ने भए पनि एसिया इन्फोले झारा टार्ने काम गरेको तर अहिलेसम्म पनि व्यवस्थापनले यसमा प्रश्न उठाएको छैन।

'यसमा मिलेमतो प्रष्ट देखिन्छ। जब कि डेटा सेन्टरको रिकभरी सेन्टर त अनिवार्य चाहिन्छ, हुनुपर्छ। तर यहाँ त देखिएन' स्रोतले भन्यो।

समितिको अध्ययनअनुसार पुस २९ गते त्रिभपुरेश्वरमा रहेको रिकभरी सेन्टरको दुईवटा कन्ट्रोलरमध्ये एउटा नोडमा समस्या देखिएको थियो। यस्तो समस्या देखिँदासम्म सेवामा कुनै पनि समस्या आएको थिएन। किनभने एउटा नोडमात्र पनि चल्दा सेवा चल्छ। तर जब रिकभरी सेन्टरमा बिग्रिएको नोड जब निकालियो तब सबै प्रणाली अवरुद्ध भयो।

यो घटनाबाट दुईवटा कुरा प्रष्ट भएको समितिले ठहर गरेको छ। पहिलो कुरा वास्तविकतामा रिकभरी सेन्टर नै बनाइएको छैन भने अर्कोतिर मर्मतका लागि अर्जेन्सी नै देखिएन।

पुस २९ गते नोडमा ससम्या देखिएपछि मर्मतसम्भारको जिम्मा पाएको कम्पनी एसिया इन्फोले यसबारेमा आफूले जानकारी नै नपाएको भनेको छ। जब कि सम्झौताअनुसार यो कम्पनीले कुनै पनि समस्या आउँदा आफै जानकारी लिएर रिपोर्टिङ गर्नुपर्छ।

सम्झौताअनुसार मुख्य तथा संवेदनशील समस्या आउँदा निरन्तर रिपोर्टिङको जिम्मा एसिया इन्फोको रहेको छ। त्यतिमात्र होइन त्यहाँ समस्या आउँदा कन्ट्रोलर रुममा प्रवेश गर्ने सहायक कन्ट्र्याक्टर क्यास ट्रेडिङको प्रतिनिधि छिरेको जिम्मेवारी लिएको छैन। यति ठूलो समस्या आउँदा पनि एसिया इन्फोले कुनै पनि जिम्मेवारी नलिनु र त्यसमा व्यवस्थाले बेवास्ता गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको समितिकै सदस्यहरू बताउँछन्।

एसिया इन्फोलाई जिम्मेवार बनाउनुको साटो टेलिकमले अझै चार वर्षका लागि तीन अर्ब रुपैयाँमा मर्मतसम्भारको जिम्मेवारी दिएको छ।

नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend