बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांश गतवर्षभन्दा आधाले घटेपछि जीवन विकासको सेयर मूल्यमा उल्टो सर्किट

सोमबार, फागुन ८ २०७९
लाभांश गतवर्षभन्दा आधाले घटेपछि जीवन विकासको सेयर मूल्यमा उल्टो सर्किट

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषण गरेकै दिन सेयर मूल्यमा भारी गिरावट आएको छ। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको दिन सोमबार नै सेयर मूल्य घटे‍को हो। 

लाभांश गतवर्षभन्दा आधाले घटाएपछि जीवन विकास लघुवित्तको सेयरमा सोमबार उल्टो सर्किट लागेको छ। 

कम्पनीको सोमबार मात्रै ९.१५ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ। कम्पनीको प्रतिकित्ता २ सय ४८ रुपैयाँले घटेर २४ सय ६३ रुपैयाँ कायम भएको छ। कुनै समय कम्पनीको सेयर मूल्य ५३ सय रुपैयाँसम्म पुगेको थियो। कम्पनीको सोमबार २६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये २८ प्रतिशत बोनस सेयर रहेको छ भने ९.३६८४ प्रतिशत नगद लाभांश रहेको छ।.गतवर्ष कम्पनीले ७० प्रतिशत लाभांश दिएको थियो। 

 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend