बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गएको साताझैँ ओरालोतिरै सेयर बजार, कारोबार रकमसमेत निराशाजनक

सोमबार, फागुन ८ २०७९
गएको साताझैँ ओरालोतिरै सेयर बजार, कारोबार रकमसमेत निराशाजनक

काठमाडौं- गएको साता चार दिनको कारोबारमा नै ११२.३३ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबार पनि निराश देखिएको छ। सुधारतर्फ बढेको भनिएको बजारमा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

यो साता पहिलो कारोबारमा सोमबार २३.६० अंकले घटेर बजार २०४६.८१ बिन्दुमा झरेको छ। गएको केही सातायता कारोबार रकममा समेत ठूलो गिरावट आइरहेको देखिन्छ। सोमबार ३२ वटा कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

वृद्धितर्फ बढ्ने आश गरिएको सेयर बजारमा लगातार गिरावट आएको छ। नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको सेयर बजार उतारचढावमा रहँदै ओरालो लागेको हो। सेयर बजारका लगानीकर्ताप्रति सकारात्मक हुँदै सरकारले निरन्तर दिलाउन खोजेको आशाका बीच बजार बढ्न सकेको छैन।

बजारले आश गरेअनुरुप नीतिगत सम्बोधन नभेटेपछि लगानीकर्तामा दोधार बढेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार आएसँगै पुँजी बजारलाई ध्यानमा राखेर अघि बढ्ने घोषणा बारम्बार भइरहँदा त्यसअनुरुप कदमहरू भने देखिएको छैन।

नयाँ सरकार आएको केही साता कारोबारमा देखिएको उत्साह अहिले देखिँदैन। त्यसलाई कतिपयले राजनीतिक साझेदारीमा हुनसक्ने फेरबदलको असरका रुपमा समेत ब्याख्या गरिरहेका छन्। 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend