बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेल सम्मान तथा छात्रवृत्ति 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ८ २०७९
images
images
पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेल सम्मान तथा छात्रवृत्ति 

कम्पनीले प्रत्येक वर्ष सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ। 

images
images

काठमाडौं- दूरसञ्ञार सेवाप्रदायक कम्पनी एनसलेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसका विभिन्न शंकायबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। 

images
images
images

 एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ। 

कम्पनीले प्रत्येक वर्ष सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ। 

images

एनसेलको मुख्यालयमा कार्यक्रम गरि सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो। उक्त कार्यक्रममा अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरुको उपस्थिति रहेको थियो। 

images

ncell1.jpg

यो वर्ष १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।  उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको  छ। 

पुल्चोक क्याम्पसका क्याम्पस चीफ एसोसियट प्रा.डा.इन्द्र प्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए। त्यसैगरी, एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज विजनेस अफिसर अदिल ईस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

ncell2.jpg

यस्तो कार्यक्रमले विद्यार्थीलाई उत्प्रेरित गरिहरेको इन्जिनियरिङ्ग अध्ययन संस्थानका कार्यवाहक डीन प्रा.डा. शुशिल बज्राचार्यले बताए। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले  एनसेल दीगो विकास लक्ष्य अनुरूप सरकारले परिभाषित गरेका तीनवटा क्षेत्रहरूलाई उच्च प्राथमिकता दिएको त्यसमा शिक्षा महत्त्वपूर्ण भएकोले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए। 

२०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ। 

ncell3.jpg

कुल १८ जना मध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन्। 

सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान १ लाख रुपैयाँको छ। 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend