बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङले सम्हाले पदभार 

सोमबार, फागुन ८ २०७९
कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङले सम्हाले पदभार 

काठमाडौं- कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन्। बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेसँगै गुरुङले सोमबार पदभार ग्रहण गरहेका हुन्।

सीईओ छनोट समितिले सीईओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो। शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ।

उनी यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए। विदेशी बैंकको सीईओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन्। यसअघि उनी सिभिल बैंकको सीईओसमेत थिए।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend