बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

दोल्ती पावरको आईपीओ बिक्री खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ८ २०७९
images
images
दोल्ती पावरको आईपीओ बिक्री खुला

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो। 

images
images

काठमाडौं- दोल्ती पावर कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरी साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। 

images
images
images

दैलेखमा ४‍.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले स्थानीयका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री गर्न लागेको हो। 

जसमध्ये नौमुले र कालिका गाउँपालिकाका स्थानीय वासिन्दाका लागि २ लाख ४८ हजार ३४३ कित्ता दैलेख जिल्लावासीका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत सेयर अर्थात् वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ लाख ७ हजार २९२ कित्ता सेयर छुट्याएको छ। 

images

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो। 

images


प्रकाशित : सोमबार, फागुन ८ २०७९०६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend