बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ७ २०७९
images
images
कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी ६५ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो। 

images
images

काभ्रेपलाञ्चोक- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी ६५ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो। 

images
images
images

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन्। जसमा नमोबुद्ध नगरपालिकाले ६४ दशमलव ६० अंक हाँसिल गरी दोस्रो स्थान तथा ६२ दशमलव १३ अंक प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ। चौंरीदेउराली जिल्लास्थित गाउँपालिकामध्ये पहिलो भएको छ।

आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा बनेपा नगरपालिकाले ६१ दशमलव ८५, रोशी गाउँपालिकाले ६१ दशमलव १२, बेथानचोक गाउँपालिकाले ५९ दशमलव ८७, पनौती नगरले ५५ दशमलव ३८, भुम्लु गाउँपालिकाले ५२ दशमलव ९०, खानीखोला गाउँपालिकाले ५२ दशमलव २८, पाँचखाल नगरले ५२ दशमलव २५, तेमाल गाउँपालिकाले ४९ दशमलव ८७, मण्डनदेउपुर नगरले ४६ दशमलव ५७ र महाभारत गाउँपालिकाले ४६ अंक प्राप्त गरेका छन्।

images

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। 

images

सोही अनुसार बागमती प्रदेशले भने ३६ दशमलव एक अंक प्राप्त गरेको हो। यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८’ का आधारमा मूल्यांकन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अंक प्रदान गर्ने गर्दछ। कार्यसम्पादनबाट प्राप्त अंक आधारमा प्रदेश तथा स्थानीय तहले संघ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ। रासस


प्रकाशित : आइतबार, फागुन ७ २०७९०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend