काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ। अघिल्लो साता घटेको सुनको मूल्य यो साता भने पहिलो दिन नै बढेको हो।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुन प्रतितोला ७ सय रुपैयाँ बढेर १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।