बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

आइतबार, फागुन ७ २०७९
कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ

काठमाडौं- कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो।

सीईओ छनोट समितिले  तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीनजनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो। 

उनी सिभिल बैंकका पूर्व सीईओ हुन्। नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भएका थिए। 


प्रकाशित : आइतबार, फागुन ७ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend