बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले पायो पूर्णता

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ६ २०७९
images
images
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले पायो पूर्णता

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गत २०७७ फागुन १३ गते निर्वाचन भएको थियो। विवादका कारणले सिम्बुवाखोला उपभोक्ता समितिको गठन प्रक्रिया रोकिएको थियो।

images
images

ताप्लेजुङ- ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन भएको दुई वर्षमा पूर्णता पाएको छ। शुक्रबार सिम्बुवाखोला उपभोक्ता समितिको गठनसँगै परिषद्ले पूर्णता पाएको हो। 

images
images
images

परिषद्अन्तर्गत प्रमुख सात उपभोक्ता समिति छन्। समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी एक सय १८ समूह रहेका छन्। जसमा उपभोक्ता समूह ४६, आमा समूह ३८ र सामुदायिक वन उपभोक्ता समूह ३४ छन्। 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गत २०७७ फागुन १३ गते निर्वाचन भएको थियो। विवादका कारणले सिम्बुवाखोला उपभोक्ता समितिको गठन प्रक्रिया रोकिएको थियो।

images

सिम्बुवाखोला उपभोक्ता समितिको शुक्रबार गठन भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले दुई वर्ष पछि पूर्णता पाएको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए।

images

परिषद्का अनुसार सिम्बुवाखोला उपभोक्ता समितिमा सन्तोष हेल्लोकको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति गठन भएको छ। आशिष राई उपाध्यक्ष, धनमाया लिम्बू कोषाध्यक्ष र कृष्णमान नेयोङ सचिव चयन भएका छन्। सदस्यमा अनिल राई, अन्जु लिम्बू, सुर्यमाया राई,प्रजापति हेल्लोक, रणमति लिम्बू, मिलन कोहिबा र स्थानीय तहको जनप्रतिनिधि एक पदेन सदस्य हुने व्यवस्था छ।

उपभोक्ता समिति अध्यक्ष परिषद्को प्रतिनिधि सदस्य हुने छ। परिषद्को कार्यक्रम संयोजक जितेन चेम्जोङका अनुसार समूहबाट निर्वाचित १३ सदस्यबाट अध्यक्ष चयन हुनेछ र परिषद् अध्यक्षले एक सदस्य मनोनित गर्ने व्यवस्था छ। जिल्ला समन्वय समितिको प्रतिनिधि पदेन सदस्यसहित १५ जनाको परिषद सदस्य हुने व्यवस्था छ। रासस


प्रकाशित : शनिबार, फागुन ६ २०७९०४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend