बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नाफा र प्रतिसेयर आम्दानीमा उत्कृष्ट पाँच लघुवित्त, कुनको सेयर किन्दा के फाइदा?

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ६ २०७९
नाफा र प्रतिसेयर आम्दानीमा उत्कृष्ट पाँच लघुवित्त, कुनको सेयर किन्दा के फाइदा?

काठमाडौं- नाफाको हिसाबले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उत्कृष्ट लघुवित्तमा छिमेक रहेको छ। लघुवित्तको अधिकांश सूचक बलियो भएका कारण पनि नाफा बढी हुन पुगेको हो। यस अवधिसम्म छिमेकले ५५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै, साना किसान विकासले ४३ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ। जीवन विकासले पनि सो अवधिसम्म २६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै, स्वाबलम्बनले २४ करोड १ लाख, डिप्रोक्सले २१ करोड ५३ लाख रहेको छ। 

प्रतिसेयर आम्दानीमा 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रतिसेयर आम्दानी बढी हुनेमा साना किसान लघुवित्त रहेको छ। प्रतिसेयरको आधारमा कम्पनीको सेयरमूल्य घटबढ हुने गर्दछ। सो अवधिसम्म सबैभन्दा बढी प्रतिसेयर आम्मदानी रहेको संस्थामा साना किसान विकास लघुवित्त रहेको छ।

यस अवधिसम्म साना किसानको प्रतिसेयर आम्दानी ५५.६१ रुपैयाँ रहेको छ। जीवन विकासको ५१.२० रुपैयाँ, छिमेकको ४७.८५ रुपैयाँ, स्वाबलम्बनको ४२.८१ रुपैयाँ, आरएमडीसीको ३३.२० रुपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, फागुन ६ २०७९०४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend