बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

यी ८ ठाउँमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

images
शुक्रबार, फागुन ५ २०७९
images
images
यी ८ ठाउँमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ८ ठाउँमा  औद्योगिक ग्राम स्थापाना गर्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ८ ठाउँमा  औद्योगिक ग्राम स्थापाना गर्ने निर्णय गरेको छ।

images
images
images

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा ८ वटा स्थानमा औद्योगिक ग्राम स्थापाना गर्ने निर्णय भएको जानकारी गराएकी हुन्।

यसैगरी सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद्मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ लाई फिर्ता लिर्ने निर्णय गर्दै संसदमा पेस गर्ने निर्णय गरेको छ।

images

यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु :

images

- बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएको वस्तुहरुको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने।

-२०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने।

-मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नम्बर १ को ०४, १६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने।

-तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिद्धिवास गाविस वडा नम्बर ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने।

-ललितपुर जिल्ला साविक लुभु वडा नम्बर ३ कको २/२ रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने।

-काठमाडौं जिल्ला साविक थानकोट गाविस वडा नम्बर २ काके २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरी नगरपालिकालाई १५ शैय्याको आधारभुत अस्पताल निर्माण गर्न स्वीकृति दिने। 

-नेपाल इन्जिनियरिङ परिषद् अध्यक्ष पदमा इन्जिनियर डा. पदमबहादुर साहीलाई उपाध्यक्षमा इन्जिनियर डा. विकास अधिकारी र सदस्यमा इन्जिनियर डा. रेस्मा श्रेष्ठलाई मनोनयन गर्ने।

-२०७९ फागुन ११ देखि १२ सम्म स्वीटजरल्याण्डमा हुने ५ औं ग्लोबल मन्त्रिस्तरीय समिट अन प्यारेन सेफ्टी विशेष सम्मेलनमा भाग लिन मान्य स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने।


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend