बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

शिवरात्रीको भिडभाडलाई ध्यानमा राखेर ट्राफिकले तोक्यो रुट र पार्किङ स्थल, कुन सवारी साधनलाई कता?

images
शुक्रबार, फागुन ५ २०७९
images
images
शिवरात्रीको भिडभाडलाई ध्यानमा राखेर ट्राफिकले तोक्यो रुट र पार्किङ स्थल, कुन सवारी साधनलाई कता?

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने भएको छ।

images
images

काठमाडौं- भोलि शनिबारका लागि शिवरात्रीमा हुने भिडभाडलाई ध्यानमा राखेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गौशाला क्षेत्रमा सवारी सञ्चालनको रुट र पार्किङ स्थलहरू तोकेको छ। 

images
images
images

दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकताअनुसार सवारी साधनलाई डाईभर्सन गर्न सवारी रुटहरू निर्धारण गरेको प्रहरीले जनाएको छ। 

जसमा गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिने भएको छ।

images

ट्राफिक प्रहरीले मालवाहक सवारी साधनहरूलाई तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ। 

images

कुन सवारीका लागि कुन रुट?

बस तथा माइक्रोबसहरू - रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने।

- रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तिनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।

- कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो।

माइक्रोबस तथा टेम्पोहरू - सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै।

- जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा।

मालवाहक सवारी साधनहरू- जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगञ्ज तर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ।

- कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ।

- कोटेश्वर तिनकुने हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म।

- महाराजगञ्ज, चाबहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म 

- कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म।

कसलाई कहाँ छ पार्किङ?

१) तीलगंगा आँखा अस्पताल अगाडि - तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकहरूका सवारीसाधन

२) देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल - पासवाहक सरकारी र प्रहरीका सवारीसाधन

३) सिफल चौर - पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारीसाधन

४) गुह्येश्वरी पारी - गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारीसाधन

५) वनकाली क्षेत्र - महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरूको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरू 


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend