आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, दुईजना पक्राउ 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ५ २०७९
images
images
क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, दुईजना पक्राउ 

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

images
images

काठमाडौं- वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंको नरेफाँट बस्ने सर्लाहीका २९ वर्षीय लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

images
images

थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जान २३ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ आम्दानी हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। 

images
images
images

वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।      

यस्तै कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं नयाँ बसपार्क बस्ने दैलेखका २३ वर्षीय तोपेन्द्र सिंहलाई पनि बुधबार प्रहरीले पक्राउ गरेको छ।

विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी उनले पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।   
              


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९०७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend