काठमाडौं- कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्ट लिष्टिङ भएको छ। खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरेको बैंकले जनाएको छ।
यसरी, सर्ट लिष्टिङमा पर्नेमा १ नम्बरमा सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ रहेका छन्। त्यसैगरी प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाँई र विष्णुदेव यादव रहेका छन्। उनीहरुको शनिबार (फागुन ६ गते) अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ।