काठमाडौं- साताको अन्तिम दिन शुक्रबार पनि सुन तथा चाँदीको मूल्य घटेको छ। यो साताभर सुनको मूल्य १५ सय रुपैयाँ बढेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।
बिहीबारको तुलनामा शुक्रबार भने सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।