आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

नेपाल टेलिकमका श्रेणीविहीन कर्मचारीलाई सम्झौता गरी काममा लगाउनुपर्ने फैसला

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
images
images
नेपाल टेलिकमका श्रेणीविहीन कर्मचारीलाई सम्झौता गरी काममा लगाउनुपर्ने फैसला

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानूनबमोजिम सेवासुविधा दिएर काममा लगाउनुपर्ने फैसला गरेको हो।

images
images

काठमाडौं- श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानूनबमोजिम सम्झौता गरी काममा लगाउनुपर्ने फैसला गरेको छ।

images
images
images

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानूनबमोजिम सेवासुविधा दिएर काममा लगाउनुपर्ने फैसला गरेको हो।

images
images

फैसलामा भनिएको छ, 'श्रम ऐेन २०७४ लागू भएपछि उक्त ऐनको दफा १७८(२) बमोजिम तीन महिनाभित्र त्यस प्रकारका श्रमिकको रोजगार सम्झौता गरी काममा लगाउनुपर्नेमा नगरेको, पहिलेको कानूनबमोजिम स्थायी पनि नगरेको आधारमा उक्त ऐनको दफा १० बमोजिम नियमित श्रमिकले पाउने सेवासुविधा पाउनुपर्छ।'

images
images
images

टेलिकममा १५/१६ वर्षदेखि गार्डेन, चौकीदार, भान्साको काम गर्ने श्रेणीविहीन कर्मचारी ठूलो सङ्ख्या भए पनि २१ जनाले नियुक्तिपत्र नदिइकन, सेवा, शर्त पनि नतोकिकन लामो समय न्यूनतम सेवा, सुविधा र तलबसमेत नदिएको उल्लेख गर्दै श्रम कार्यालयमा उजुरी गरेका थिए।

श्रम कार्यालयले कानूनबमोजिम सुविधा दिनुपर्ने ठहर गरेको थियो। श्रम कार्यालयकै निर्णयलाई श्रम अदालतले सदर गरेको हो। 


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend