काठमाडौं- नबिल बैंकको सेयर मूल्य एकवर्षयताकै सस्तो मूल्यमा आएको छ। नबिल बैंकको लगातार पहिलो नम्बरको ताज यतिबेला एनआईसी एसीयाले खोसेको छ। नबिलको सेयर ६७० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य ५२ हप्तायताकै सस्तो मूल्य हो।
एकवर्ष अगाडि बढेर ११४९ रुपेयाँसम्म पुगेको नबिल बैंकको सेयर मूल्य ६७० रुपैयाँमा झरेको हो। बिहीबार बैंकको दोस्रो बजारमा ५७ हजार हजार कित्ता कारोबार किनबेच हुँदा ३ करोड ८४ लाख कित्ता किनबेच भएको छ।
नबिलले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिइरहेको छ। गत वर्षको नाफाबाट पनि बैकले ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसमम बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ।
३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।